दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आउँदो वर्षका लागि कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) क्षेत्रमा तीन गुणा लगानी र ६ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।
आज संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रपति लीले झन्डै सात अर्ब अमेरिकी डलरको लगानीमा दक्षिण कोरियालाई अमेरिका र चीनसँगै विश्वका शीर्ष तीन एआई शक्तिहरूमध्ये एक बनाउने लक्ष्य लिइएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएकाे छ ।
यो रकम यस वर्षको एआईसम्बन्धी बजेटभन्दा तीन गुणाले धेरै हो । सन् २०२६ का लागि प्रस्तुत दक्षिण कोरियाको सरकारी बजेटको कुल आकार सात हजार दुई सय ८० खर्ब वोन रहेको छ । यो चालु वर्षको तुलनामा ८.१ प्रतिशतले धेरै हो ।
राष्ट्रपति लीको डेमोक्रेटिक पार्टीले संसद्मा बहुमत राखेकाले बजेट पारित हुने सम्भावना प्रबल देखिएको खबरमा उल्लेख छ ।
यस्तै दक्षिण कोरियाका राष्ट्रपतिले रक्षा बजेट यस वर्षको तुलनामा ८.२ प्रतिशतले बढाएर ६ सय ६३ खर्ब वोन पुर्याउने लक्ष्य राख्नुभएको छ । यदि यो पारित भयो भने सन् २०१९ पछि यो सबैभन्दा ठूलो वृद्धि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।