दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
काठमाण्डाै – अरब सागरको प्रणाली, पश्चिमी वायु र मोन्था चक्रवातका कारण झन्डै एक हप्तासम्म बदली, वर्षा र हिमपात भएर मौसम खुलेको दुई दिनमै फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ ।
आज सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी हुँदै काठमाण्डौ उपत्यकासम्म नै बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाजुरा, रुकुम, मनाङलगायतका जिल्लामा सामान्य वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्ययम हिमपात पनि भइरहेको छ ।
पश्चिमी वायुको प्रभाव कमजोर रहेकोले ठूलो वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा तथा आरोहणका काममा सावधानी अपनाउनुपर्ने मौसमविद्को सुझाव छ । सकेसम्म भोलिसम्म माथिल्लो क्षेत्रको भ्रमणमा नजानु उचित हुने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभाव भोलि बेलुकादेखि कमजोर हुँदै केही दिनमै मौसम खुल्ने महाशाखाले जनाएको छ । मौसमविद्हरूले काठमाण्डौ उपत्यकासहित मध्य र पश्चिम क्षेत्रमा केही दिन धान काटेर खेतमा नछाड्न सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।