१० बुँदे मापदण्ड स्वीकार गर्न नसकिने भन्दै नेपालले मलेशियालाई कूटनीतिक नाेट पठायाे

 कात्तिक १८, २०८२ मंगलबार १८:१२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मलेशियाले म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्ड स्वीकार गरी कार्यान्वयन गर्न नसकिने भन्दै नेपालले कूटनीतिक नाेट पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावरसम्बन्धी १० बुँदे मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने भन्दै परराष्ट्र मन्त्रालयमार्फत मलेशियालाई कूटनीतिक नोट पठाएको हो ।

मलेशियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित सङ्ख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित पाँच देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेर पत्राचार गरेको थियो । त्यस मापदण्ड अनुसार म्यानपावर कम्पनीको सिफारिश गर्न स्रोत देशलाई कात्तिक २७ गतेको समयसीमा दिएको छ ।

नेपालका म्यानपावर व्यवसायीले मलेशियाले सिन्डिकेट लगाउन १० बुँदे मापदण्ड ल्याएको आरोप लगाउँदै यसको विरोध गरिरहेका छन् । १० वटा मापदण्ड पूरा गरेका म्यानपावरको सङ्ख्या निकै कम रहेको, मलेशियाले सीमित म्यानपावरलाई मात्रै लाभ दिने र श्रमिकमाथि आर्थिक भार थप्ने उद्देश्यले नयाँ मापदण्ड ल्याएको आरोप व्यवसायीहरूको छ ।

शर्त पालना गर्न नसक्ने भएपछि पत्र पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया