निवर्तमान आईजीपी खापुङलाई अनुमतिविना काठमाण्डाै उपत्यका छाड्न...
कात्तिक २७, २०८२ बिहिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न आठ वटा दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ ।
आज बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी हुने भएको छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने भएको छ । नेता सापकोटाले पार्टी एकता राष्ट्रिय सम्मेलन भोलि काठमाण्डाैमामा आयोजना गरिने पनि बताउनुभयो ।
यसैबीच नेकपा (माओवादी केन्द्र) छाडेर प्रगतिशील अभियान घोषणा गर्नुभएका नेता जनार्दन शर्माले देशको आउँदाे नेतृत्व युवा पुस्ताले लिने गरी देशव्यापी अभियान चलाउने बताउनुभएको छ ।
यस्तै अर्का नेता राम कार्कीले समाजवादी विचारधारा भएका सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । वाम ध्रुवीकरणको घोषणाका लागि प्रचण्डसँग असन्तुष्ट शर्मा र कार्कीले आज ललितपुरमा पत्रकार सम्मेलन गर्नुभएकाे हाे ।
माओवादीको यो असन्तुष्ट पक्षले एकीकृत समाजवादीको झलनाथ खनाल, घनश्याम भुसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालबीच मोर्चाबन्दीको तयारी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।