अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो विमान दुर्घटना

 कात्तिक १९, २०८२ बुधबार ६:४४:४७ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकाको केन्टकी राज्यको लुइसभिल मुहमध अलि अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना भएको छ । विमानस्थलबाट उडान भरेको केही मिनेटमै यूपीएस फ्लाईट २९७६ नामक कार्गो विमान दुर्घटनाग्रस्त भएको हो । स्थानीय समय अनुसार हिजो बेलुका सवा ५ बजे विमान दुर्घटनापछि आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको बीबीसीले जनाएको छ ।

नागरिक उड्यन एजेन्सीका अनुसार विमानले लुइसभिलबाट होनोलुलुका लागि उडान भरेको थियो । विमानमा तीन जना चालकदलका सदस्य रहेको खबरमा उल्लेख छ । तर उनीहरूको अवस्था अहिलेसम्म सार्वजनिक गरिएको छैन । दुर्घटनापछि विमानस्थल वरिपरि ठूलो आगलागी भएको र धुवाँले आकाश ढाकिएको दृश्य स्थानीयबासिन्दाले भिडियोमा खिचेका छन् । जोखिमका कारण विमानस्थलको ५ माइल वरिपरि प्रवेश निषेध गरिएको छ ।

विमानस्थलको सम्पूर्ण एयरफिल्ड अस्थायी रूपमा बन्द गरिएको छ । दुर्घटनाको कारणबारे संयुक्त अनुसन्धान शुरू गरिएको छ । प्रारम्भिक विवरण अनुसार, विमानले उडान भरेको झन्डै एक मिनेटमै समस्या देखिएको थियो । दुर्घटनास्थल औद्योगिक क्षेत्र नजिकै रहेको छ । घटनाको थप विवरणका लागि संघीय एजेन्सीहरूले औपचारिक प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
 

अन्तिम अपडेट: कात्तिक २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया