राहदानी वितरणमा कटौती : अभाव हुन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

 कात्तिक १९, २०८२ बुधबार ७:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डौ – राहदानी विभागले राहदानी वितरणमा कटौती गरेको छ । राहदानी सीमित रहेको हुँदा सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन वितरण संख्या घटाएको विभागले जनाएको छ । विभागले हिजोदेखि दिनमा एक हजार राहदानी वितरण गर्ने गरी कोटा निर्धारण गरेको छ । विभागसँग अब १ लाख ७३ हजार प्रति राहदानी बाँकी छ ।

राहदानी खरिदका लागि विभागले नयाँ आपूर्तिकर्तासँग गएको साउनमा गरेको सम्झौताअनुसार फागुन दोस्रो हप्ताबाट मात्र आपूर्ति हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानीको अभाव हुन नदिन चासो राख्नुभएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएकी उहाँले हिजो मन्त्रालय र राहदानी विभागका कर्मचारीसँग यसबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले राहदानी वितरणका विषयमा जानकारी माग गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायतलाई राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिनुभएको छ ।

राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उहाँको निर्देशन छ ।   
 

अन्तिम अपडेट: कात्तिक २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया