जेनजी आन्दोलनका क्रममा भएको घटना छानबिनका लागि गठन भएको आयोग अस्वीकार्य : एमाले

 कात्तिक १९, २०८२ बुधबार ७:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्विर

काठमाण्डौ – नेकपा एमालेले गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटनाको छानबिनका लागि गठन भएको गौरीबहादुर कार्की आयोगलाई अस्वीकार गर्ने जनाएको छ । २३ पन्ने अन्तरपार्टी निर्देशन (अपानी) मार्फत् एमालेले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेको छ ।

अहिलेको आयोगले घटनाको स्वतन्त्र छानबिन गर्न नसक्ने र यो आयोगबाट निष्पक्षताको अपेक्षा गर्न नसकिने अपानीमा उल्लेख छ । एमालेले विधान महाधिवेशन, त्यसपछि भएका सचिवालय र केन्द्रीय कमिटीका बैठक समेटेर अपानी जारी गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानीमा भदौ २३ र २४ को जेन–जी आन्दोलन, त्यसले निम्त्याएको अवस्था र पार्टीको आसन्न ११औं महाधिवेशनका बारेमा उल्लेख गरिएको छ ।

पोखरामा गर्ने भनिएको ११औं महाधिवेशन अहिलेको विषम अवस्थाका कारण काठमाण्डौमा सारिएको उल्लेख छ । साथै एमालेले प्रतिनिधिसभा विघटनप्रति आपत्ति प्रकट गर्दै विघटित प्रतिनिधिसभा पुनस्थापनाको माग समेत गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया