आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

 कात्तिक १९, २०८२ बुधबार ८:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘सुनामी तयारीमा लगानी गरौँ’ भन्ने नारासहित आज विश्व सुनामी सचेतना दिवस मनाइँदैछ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीका लागि दिवसले जोड दिएको छ ।

सुनामी जोखिममा रहेका जापानलगायत तटीय देशहरुले कार्यक्रम गर्दै आएका छन् । जापानको प्रस्तावमा शुरू गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि आवश्यक अभ्यास र ज्ञानको आदानप्रदानलाई महत्व दिँदै आएको छ ।

समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा अन्य कारणबाट उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ तारिखलाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन शुरू भएको हो ।

सन् २००४ को हिन्द महासागर सुनामीमा धेरैले ज्यान गुमाएका थिए । त्यसपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे ह्योगो कार्ययोजना अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो । यो ढाँचालाई ‘सेन्डाइ फ्रेमवर्क’ भनिन्छ । 

अन्तिम अपडेट: कात्तिक २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया