माओवादी केन्द्र, नेकपा एससहित विभिन्न दल र समूहको आज एकता घोषणा हुँदै

 कात्तिक १९, २०८२ बुधबार ८:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितका विभिन्न आठ समूहले आज एकता घोषणा गर्दैछन् । काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा उनीहरुले आज दिउँसो एकता घोषणा गर्न लागेका हुन् । एकता घोषणा सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने तयारी छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ राजनीतिक दलले गएको आइतवार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) रहने जनाएका छन् । चुनाव चिह्न पाँचतारे तारा रहने भएको छ । तर एकतामा नजाने र असंतुष्ट यी दल र समूहका नेताहरु भने अलग्यै छलफल र अरु दलको शीर्ष नेतृत्वसँग छलफलमा जुटेका छन् ।

नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास भक्तपुरको गुन्डुमा पुगेर भेटवार्ता समेत गर्नुभएको छ । माओवादी केन्द्र सहितका दलले एकता गर्ने निर्णयपछि एकीकृत समाजवादी सम्मानित नेता खनालसहितका नेताहरू असन्तुष्ट रहेका थिए ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया