अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो जहाज दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

 कात्तिक १९, २०८२ बुधबार ९:३:२९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ ।

दुर्घटनामा कम्तीमा ११ जना घाइते छन् र केही व्यक्ति सम्पर्कविहिन भएका छन् । यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्य थिए, तर उनीहरु अझै सम्पर्कविहिन छन् । सम्पर्कविहिन व्यक्तिहरुको खोजी भैरहेको छ । दुर्घटनास्थल वरपरका बासिन्दालाई घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ ।

विमानले झन्डै ३८ हजार ग्यालन इन्धन बोकेको थियो, जसमा विस्फोटपछि आगो लागेको र नजिकैका व्यवसायिक भवनहरू पनि डढेका छन् । संघीय विमान प्रशासन (एफएए) का अनुसार उडान भरेको फ्लाइट २९७६ स्थानीय समय अनुसार हिजो बेलुका सवा पाँच बजे दुर्घटना भएको हो । 
 

अन्तिम अपडेट: कात्तिक २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया