काठमाण्डौका १९ ठाउँमा निःशुल्क वाइफाइ सञ्चालन

 कात्तिक १९, २०८२ बुधबार ९:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १ सय ५० एमबीपीएस पुर्याइएको छ ।

प्रत्येक डिभाइसका लागि ५ सय एमबी इन्टरनेट उपलब्ध हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत ठाउँमा नयाँ वाइफाइ जडान र क्षमता विस्तार भएको मन्त्रालयले जनाएको छ । नेपाल टेलिकम, वर्ल्ड लिङ्क र भायनेटले यसका लागि सहकार्य गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कार्यभार सम्हाले लगत्तै पहिलो निर्णय दुई महिनाभित्र काठमाण्डौ उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने गर्नुभएको थियो । 

अन्तिम अपडेट: कात्तिक २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया