दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’ मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम हुने गरेको पाइएको छ । बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल सेन्टरमा ९५ हजार ६७ जनाले समस्या टिपाएका ३३ हजार ४ चार सय ३० वटा समस्याको मात्रै समाधान भएको छ । त्यसअनुसार ६१ हजार ६३७ जनाको समस्या समाधान हुन सकेको छैन ।
यस्तै, २०७६/७७ देखि २०८१/८२ सम्म समस्या सुनाउने बढेका देखिए पनि समाधानको अवस्था अझै प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली कामदारको गुनासो सुनुवाइ गरी सम्बन्धित निकायबाट यथाशीघ्र सहयोग उपलब्ध गराउने उद्देश्यले २०७५ साल चैतदेखि कल सेन्टर स्थापना एवम् सञ्चालन शुरू गरिएको थियो ।
यस्तै, बोर्डबाट वैदेशिक रोजगारमा रहेका कामदारको स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले ‘टेलिमेडिसिन’ सेवा सञ्चालनसमेत सञ्चालनमा छ । यसमा पनि आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म आठ हजार ५ सय ७९ सेवाग्राही रहेका छन् । यी सबै समस्याको समाधान भएको तथ्याङ्क छ । बोर्डले १८औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको प्रतिवेदनमा कल सेन्टर वैदेशिक रोजगारका क्रममा समस्यामा परेका नागरिकको महत्त्वपूर्ण सहयोगी हुने उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशीक रोजगारबारे उठेका समस्या समाधानका लागि मन्त्रालय चनाखो रहेको बताउनुभयो । उहाँले कल सेन्टरको प्रभावकारिता बढेको र कतिपय समाधान गर्न नसकिने समस्यासमेत आउने गरेका बताउनुभयो । बोर्डले २०७७ सालदेखि २०८२ सम्म ४५ हजार २४४ जनाले निःशुल्क सीप विकास तालिम प्राप्त गरेको पनि जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।