प्रिमियर लिग : पुछारको उल्भ्सले दुई आत्मघाती गोल गरेपछि आर्सनल...
मंसिर २८, २०८२ आइतबार
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का मालिकहरूले टोली बिक्री गर्ने तयारी शुरू गरेका छन् ।
ब्लुमबर्ग न्युजका अनुसार टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब अमेरिकी डलरसम्मको मूल्याङ्कन लक्ष्य राखिरहेका छन् ।
आरसीबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना देखिएको छ ।
विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसीबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ शुरू भएको औपचारिक रूपमा जनाएको छ । आउँदो वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ ।
सन् २००८ मा स्थापना भएको यो चर्चित टी–२० क्रिकेट लिगमा आरसीबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आईपीएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । तर विजयको उत्सवपछि बेङ्गलोरको एम चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो भने ५० भन्दा धेरै घाइते भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।