सरकार लक्ष्य अनुसार राजस्व उठाउन असफल, चालू खर्च धान्न कठिन पर्दै

 कात्तिक २०, २०८२ बिहीबार १५:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार लक्ष्य अनुसार राजस्व उठाउन असफल बन्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब रुपैयाँमात्रै राजस्व उठाएको छ ।

यो अवधि अर्थात् असोज मसान्तसम्ममा सरकारले ३ खर्ब २१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । असोज मसान्तसम्ममा राजस्वका कुनै पनि शीर्षकमा उत्साहजक रूपमा राजस्व सङ्कलन नभएको स्वयम् अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा भन्सार महसुल ७० अर्बभन्दा धेरै उठाउने सरकारले लक्ष्य राखेकोमा ५६ अर्ब ८५ करोड रुपैयाँमात्रै सङ्कलन भएको छ । यस्तै असाेज मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) ९४ अर्ब ११ करोडको लक्ष्य रहेकाेमा ८१ अर्ब २३ करोड रुपैयाँमात्रै राजस्व उठेको छ ।

पहिलो त्रैमासमा राजस्वका लक्ष्य नभेट्नुले आउँदा दिनमा सरकारलाई चालू खर्च धान्नसमेत राजस्वले नपुग्ने स्थिति आउनसक्ने खतरा देखिएको छ । अहिले दैनिक सरकारको चालू खर्च झन्डै ३ खर्ब बराबरको छ तर आम्दानी भने दैनिक २ खर्ब ८० अर्ब रुपैयाँको मात्रै रहेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया