सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डाै – हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २९ अङ्कले घटेर २ हजार ५ सय ९६ दशमलव १२ विन्दुमा झरेको छ ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको घटेकोमा निर्जीवन बीमा समूहको शेयर १०८ अङ्कले ओरालो लागेको छ । आज १६५ वटा कम्पनीकाे शेयर घटेकाेमा ७८ वटाकाे बढेकाे छ । यस्तै ९ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।
आज सम्पदा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ५ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।