पुरुष टी–२० विश्वकपको फाइनल खेल भारतको अहमदाबादमा हुने

 कात्तिक २१, २०८२ शुक्रबार ६:९:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आईसीसीले भारतका पाँच खेल मैदान र श्रीलङ्काका दुई मैदान शर्टलिस्ट गरेको छ । भारतका पाँच सहरहरू अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बई तथा श्रीलङ्काको कोलम्बो र क्यान्डीमा खेल हुने तय गरिएको हो ।

आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुने तय भएको छ । तर पाकिस्तान फाइनलमा पुगेमा यो खेल श्रीलङ्कामा हुनेछ । भारत र पाकिस्तानबीच सहमति अनुसार उनीहरू एकअर्काको देशमा तटस्थ मैदानमा मात्र खेल्नेछन् । विश्वकपमा २० टिम सहभागी हुनेछन् । एशियाबाट नेपाल, ओमान र युएई छनोट भएका छन् ।
 

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया