प्रिमियर लिग : पुछारको उल्भ्सले दुई आत्मघाती गोल गरेपछि आर्सनल...
मंसिर २८, २०८२ आइतबार
पाकिस्तान र अफगानिस्तानबीच भएको पछिल्लो शान्ति वार्ता पनि असफल भएको छ । अफगानिस्तानको तालिबान सरकारले पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै पाकिस्तानको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’ लाई मुख्य कारण ठहर गरेको छ । अफगानिस्तानले वार्ता असफल भएपछि दुवै देशबीच पुनः हिंसा भड्किने डर व्यक्त गरेको छ ।
दक्षिण एशियाली छिमेकी दुवै देशबीच गएको अक्टोबर १९ मा कतारमा युद्धविरामका लागि प्रारम्भिक सहमति भएको थियो । त्यस समझदारीलाई अन्तिम रूप दिन दुई देशका प्रतिनिधिहरूले बिहीबार टर्कीमा भेट गरेका थिए । तर लामो समयदेखि सुरक्षा विषयमा मात्र केन्द्रित रहँदै आएको वार्ताको ठोस विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन् । पाकिस्तानका सूचना मन्त्री अत्ताउल्ला तरारले पनि वार्ता असफल हुने सङ्केत गर्दै आफ्ना नागरिकको सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन सबै विकल्पहरू प्रयोग गर्ने बताउनुभएको छ ।
अफगानिस्तान र पाकिस्तानबीच पछिल्ला वर्षहरूमा दुई हजार ६ सय किलोमिटर लामो साझा सीमामा बारम्बार हिंसात्मक झडपहरू हुँदै आएका छन् । पाकिस्तानले अफगानिस्तानमाथि आफ्ना भित्री क्षेत्रमा आक्रमण गर्ने आतङ्कवादी समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । आरोपलाई तालिबान सरकारले निरन्तर अस्वीकार गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।