सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले आत्मविश्वासका साथ अघि बढ्न उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गर्नुभएको हो । अहिले आशंका र भय पाल्ने बेला नभइ हातेमालो गर्ने बेला रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
सरकार आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको चुनावको तयारीमा जुटेको जानकारी गराउँदै उहाँले चुनावमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा देश अगाडि बढाउने बताउनुभयो । उहाँले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी पनि दिनुभयो । इमान्दार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरु पोसिने अवस्था नरहने उहाँको भनाइ छ ।
जेनजी आन्दोलनको घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।