राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा इराकमा राजनीतिक मिसन अन्त्...
मंसिर २८, २०८२ आइतबार
काठमाण्डौ – बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एशियन कप छनोट खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरि खड्काले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीबाट २३ सदस्यीय टोली छानिएको हो । नेपालले १३ नोभेम्बर अर्थात आउँदो बिहीबार बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै १८ नोभेम्बरमा मलेसियासँग एएफसी एशियन कप छनोटको खेल खेल्दै छ ।
टोलीको प्रशिक्षकमा हरि खड्का र सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।