सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डौ – श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपकाे उपाधिका लागि आज नेपाल र कीर्गिस्तान खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ४ बजे शुरु हुनेछ । नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै कीर्गिस्तानले पनि श्रीलङ्कालाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो भने दोश्रो खेलमा श्रीलङ्कालाई र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै आजै तेश्रो स्थानका लागि दिउँसो २ बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।