इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डौ – पत्रकार एव्म लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु समेटिएको ‘ज्ञानिका’ कृति लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तकमा समेटिएका विभिन्न शीर्षकका लेखकले सामूहिक रूपमा कृति विमोचन गरेका हुन् ।
गैरआख्यान ‘ज्ञानिका’मा नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरेका साहसी अनि कर्मशील व्यक्तित्वको कर्म र गाथा समेटिएको छ । पर्यटन क्षेत्रबाट पेसा सुरु गर्नुभएका सापकोटा वातावरण, प्रकृति र जीवजन्तुका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ ।
नेपालका हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गड्गडाउँदै बग्ने नदी, गैँडाको ढरढर र हात्तीको हुँकारसम्बन्धी विषयवस्तुको जानकारी पुस्तकको अध्ययनबाट प्राप्त हुने लेखकको भनाइ छ ।
देशका प्रकृति, संस्कृति र वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने २१ जना लेखकद्वारा लिखित नेपालका हिमनदी र बाढीको बदलिँदो अनुहार, अविश्वासिलो जीवसँग तीन दशक, पहाडदेखि मैदानसम्म, प्रकृतिको आश्चर्य, नेपाली जडीबुटी र आयुर्वेदको चमत्कार शीर्षकका लेख समावेश छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।