सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डाै – कुवेतलाई ४३ रनले हराउँदै पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले छैटौं पटक हङकङ सिक्सेसको उपाधि जितेको हो ।
हङकङको मोङ कोकमा आज भएको फाइनलमा पाकिस्तानले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कुवेतले ५ ओभर १ बलमा ६ विकेट गुमाएर ९२ रनमात्र बनाउन सक्यो । कुवेतका मीट भावसारले ३३, अदनान इद्रीसले ३० रन बनाए । पाकिस्तानका माज सदाकतले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ६ ओभरमा ३ विकेट गुमाएर १ सय ३५ रन बनायो । पाकिस्तानका कप्तान अब्बास अफ्रिदीले ५२, अब्दुल समादले ४२ रन बनाए । हङकङका मीट भावसारले ३ विकेट लिए ।
१२ वटा टोली सहभागी प्रतियोगितामा नेपाल ११औं स्थानमा रह्यो । नेपालभन्दा पछि भारत रह्यो । नेपालले प्रतियोगितामा एकमात्र जीत निकाल्ने क्रममा भारतलाई हराएको थियो ।
यसैबीच नेपाली टोलीको कप्तानी गर्दै हङकङ पुगेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । यसअघि नै उनले हङकङ सिक्सेस आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट रहेको बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।