निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्दै

 कात्तिक २३, २०८२ आइतबार १५:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकमा रहेको रकमलाई लगानी गर्न लागेको कोषले जनाएको छ ।

रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र ‘क’ वर्गका बैंकहरूले भोलिसम्ममा लिन सक्नेछन् । रकम लिन चाहने बैंकहरूले सञ्चालनमा आएको कम्तीमा ५ वर्ष पूरा गरेको हुनुपर्नेछ भने पछिल्लो आर्थिक वर्षहरूमा लगातार ५ वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ ।

कोषले लगानी गर्न सूचना प्रकाशित गरेको रकम लगानी गर्ने/नगर्ने अधिकार कोषमा सुरक्षित रहनेछ । मापदण्ड तथा शर्त पूरा गरेको व्यहोराको स्वघोषणा शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।

कोषका अनुसार शिलबन्दी दरभाउपत्रमा उल्लेखित वित्तीय परिसूचकहरू त्रैमासिक रूपमा प्रकाशित गरेको हुनुपर्नेछ । कुनै वित्तीय परिसूचकहरू मासिक रूपमा प्रकाशित गरेको हकमा आफ्नो आन्तरिक लेखापरीक्षकबाट अनिवार्य रूपमा प्रमाणित गराएको हुनुपर्नेछ ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया