हङकङ सिक्सेस : सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै विकेट लिने दुवैमा नेपाली खेलाडी

 कात्तिक २३, २०८२ आइतबार १५:५७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै विकेट लिने दुवैमा नेपाली खेलाडी रहेका छन् ।

ब्याटिङतर्फ सन्दीप जोराले ५ खेलमा ८८ को औसतमा १ सय ७६ रन बनाए । यस्तै बलिङतर्फ राशिद खानले ५ खेलमा ११ दशमलव ३३ को औसतमा ९ विकेट लिए । राशिदले अफगानिस्तानसँगको एकै खेलमा ४ विकेट लिएका थिए ।

१२ वटा टोली सहभागी प्रतियोगितामा नेपाल ११औं स्थानमा रह्यो । नेपालभन्दा पछि भारत रह्यो । नेपालले प्रतियोगितामा एकमात्र जीत निकाल्ने क्रममा भारतलाई हराएको थियो ।

यसैबीच कुवेतलाई ४३ रनले हराउँदै पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले छैटौं पटक हङकङ सिक्सेसको उपाधि जितेको हो ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया