नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
मंसिर २८, २०८२ आइतबार
काठमाण्डाै – दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संसद् पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन शुरू गरेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर जाने प्रयोजनका लागि विघटित संसद्मा पार्टीबाट सांसद बनेकाहरूको हस्ताक्षर सङ्कलन कार्य भइरहेको कांग्रेस नेता एवम् विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।
यस्तै एमाले नेता एवम् विघटित प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले पनि प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण गर्न अदालत जानेबारेको छलफल अन्तिम चरणमा पुगेको र अहिले हस्ताक्षर सङ्कलन पनि भइरहेको बताउनुभयो । उहाँका अनुसार एमालेले कांग्रेससँगै विघटनविरुद्ध रिट लिएर जाने कि एक्ला–एक्लै जाने भन्ने विषयमा पनि कुरा भइरहेको छ ।
जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिश गर्नुभएको थियो । कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आउँदो फागुन २१ गतेका लागि चुनाव तोक्नुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १७ वटा रिट निवेदन परेकामा ती रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर सर्वोच्च अदालतले विपक्षीहरूबाट लिखित जवाफ माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।