नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
मंसिर २८, २०८२ आइतबार
काठमाण्डाै – मनाङमा गएको कात्तिक ३ गतेदेखि हराइरहेका दुई जना भारतीय नागरिकको शव भेटिएको छ ।
ङिस्याङ गाउँपालिका–४ मा रहेको ग्याल्सेन होटलबाट कात्तिक ३ गते मिलारेपा गुम्बा घुम्न जाने भन्दै हिँडेका ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र उहाँकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेलको शव फेला परेको सशस्त्र प्रहरीका प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बाबुछोरी सम्पर्कविहीन भएपछि होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जीसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टालीले आज उनीहरूको शव भेटाएको हो ।
गुम्बाबाट झन्डै सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा शव फेला पारेको डीएसपी थापाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।