सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डौ – श्रीलंकामा भएको काभा महिला १९ वर्ष मुनिको भलिबल च्याम्पियनसिपमा दोस्रो भएको छ । हिजो फाइनलमा कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल दोस्रो स्थानमा सीमित भएको हो ।
कीर्गिस्तान २२–२५, २५–२०, २५–२१, १३–२५ र १५–११ ले विजयी भएको थियो । यसअघि समूह चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–२ ले नै पराजित भएको थियो । नेपालले श्रीलंकालाई समूह चरणमा तथा माल्दिभ्सलाई समूह चरण र सेमिफाइनल हराएको थियो । च्याम्पियनसिपमा चार टोलीको सहभागिता थियो ।
नेपालले गएको वर्ष काभा महिला २० वर्ष मुनिको प्रतियोगितामा कास्य पदक जितेको थियो । हिजै भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै श्रीलंका तेस्रो भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।