फिलिपिन्समा फेरि शक्तिशाली तुफान, १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

 कात्तिक २४, २०८२ सोमबार १०:३१:५३ | एजेन्सी
unn.prixa.net

एजेन्सी

फिलिपिन्समा फेरि सुपर टाइफुन अर्थात स्थानीय भाषामा फुङ–वोङ्ग नामको तुफान आएको छ । गएराति लुजोन द्वीपको अरोरा प्रान्तमा झन्डै एक सय ८५ किलोमिटर प्रतिघण्टाको गतिमा तुफान हावासहित प्रवेश गरेको हो । यसअघि झन्डै १० लाख मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ ।

तुफानका कारण हिजो मात्रै थप दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । तुफानको प्रभावले अरोरा, बिकल र पोलिल्लो टापुहरूमा भीषण वर्षा र हावाहुरी ल्याएको छ । झन्डै तीन सय उडान र धेरै विमानस्थलहरू बन्द गरिएका छन् । लुजोनमा केही क्षेत्रमा दुई सय मिलिमिटर भन्दा धेरै वर्षा भएको छ । जसले ठूलो पहिरो र बाढीको जोखिम बढाएको छ ।

त्यहाँको सरकारले यसअघि आएको टाइफुन काल्मेगी तुफानले दुई सय जनाभन्दा धेरैको ज्यान लिएपछि देशव्यापी आपतकाल घोषणा गरेको थियो । अहिले फुङ–वोङ्ग कमजोर हुँदै लुजोन पार गर्दै उत्तर ताइवानतर्फ गईरहेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया