इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डौ – युरोपियन युनियन फिल्म फेस्टिभल नेपाल आउँदो शुक्रवारदेखि काठमाण्डौमा हुने भएको छ । नेपालका लागि युरोपियन युनियनको डेलिगेशनको आयोजनामा फेस्टिभलको १४औँ संस्करण शुक्रवार र शनिवार काठमाण्डौको ठमेलमा रहेको छायाँ सेन्टरमा र मंसिर ६ र ७ गते पोखराको चिप्लेढुङ्गामा रहेको क्युएफएक्स ट्रेड महलमा गरी दुई चरणमा सञ्चालन हुनेछ ।
यो संक्करणमा २५ वटा चलचित्र प्रदर्शन हुनेछन् । यसमा १० वटा युरोपेली चलचित्र, छ वटा बाफ्टा पुरस्कारका लागि मनोनित लघुचलचित्र र नौ वटा नेपाली लघुचलचित्र समावेश छन् । चलचित्रहरूले पहिचान, अपनत्व, प्रतिरोध, रूपान्तरण, आशा र स्मृतिलाई उजागर गर्दै साझा मानव अनुभूतिलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
युरोपेली चलचित्रहरूमा पोर्चुगलको बाञ्जो, फिनल्याण्डको जे’भिदा, अस्ट्रियाको ह्याप्पी, हंगेरिको विथआउट एअर, फ्रान्स–इटालीको द गर्ल फ्रम टुमरो लगायतका चलचित्रहरूहरू छन् । बाफ्टा लघुचलचित्र प्रस्तुतीकरण अन्तर्गत वान्डर टु वोन्डर, रक पेपर सिजर्स, मग्स क्रिसमस, मिल्क, आडिओस, स्टमक बग रहेका छन् ।
स्थानीय प्रतिभाहरूको रूपमा नौ वटा नेपाली लघुचलचित्र प्रदर्शन हुनेछन्, जसमा चिसोघर, अबिस, अर्केस्टा, चाँदनी, इटर्नल किनशिप, ग्राण्डमाज् म्याजिक कोम्ब, साइलेन्ट स्कार्स, द काठमाण्डौ, ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन समावेश छन् । फिल्म प्रेमीका लागि यो फेस्टिभलले युरोपेली सिनेमाको स्वाद र नेपाली प्रतिभाको पहिचान एकै पर्दामा पस्किने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।