इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डाै – नेपाली महिला क्रिकेट टोलीले भारतमा तीन वटा घरेलु टोलीसँग मैत्रीपूर्ण टी–२० खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै महिला टोलीले आउँदो कात्तिक २७ गते बिहिवारदेखि मंसिर ३ गतेसम्म उत्तराखण्ड, बङ्गाल र राजस्थानसँग खेल्ने जनाएको छ ।
सबै खेलहरू देहरादुनको चिदरवालामा रहेको आयुष क्रिकेट एकेडेमीमा हुनेछ । तीन वटा टोलीसँग नेपालले समान दुई वटा खेल खेल्ने क्यानले जनाएको छ । नेपाली महिला टोलीले कात्तिक २७ गते राजस्थानसँग खेल्दै शुरुआत गर्नेछ । यस्तै कात्तिक २८ गते उत्तराखण्ड र २९ गते बङ्गालसँग खेल्नेछ । त्यसपछि पुनः मंसिर १ गते राजस्थान, २ गते उत्तराखण्ड र ३ गते बङ्गालसँग खेल्ने तालिका रहेको छ ।
यसैबीच क्यानले भारत भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीमा अश्मिना कर्माचार्यले लामो समयपछि पुनरागमन गरेकी छन् भने सीमाना केसी पहिलो पटक टोलीमा परेकी छन् ।
अलिशा यादव, मनीषा उपाध्याय, सना प्रवीण, ईश्वरी विष्ट, ममता चौधरी, बिन्दु रावलले पनि पुनरागमन गरेका छन् । नेपालले आउँदो जनवरीमा घरेलु मैदानमै आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि महिला क्रिकेट टोलीले यो भम्रण गर्न लागेको क्यानले जनाएको छ ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।