चुनावको विषयमा आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग निर्वाचन आयोगको परामर्श

 कात्तिक २४, २०८२ सोमबार १५:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । चुनावलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी बनाउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श गरेको आयोगले जनाएको छ ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भइ आउँदो फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव तोकिएको छ । यस्तै १९ सदस्य पदका लागि आउँदो माघ ११ गते राष्ट्रियसभाको चुनाव हुँदैछ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा आयोगको केन्द्रीय कार्यालयमा भएको परामर्शमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, नीलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङलगायत र आयोगका पूर्वसचिवहरू मधु रेग्मी, भरतमणि सुवेदी, सुरेश अधिकारी, रविराज पन्तलगायत सहभागी हुनुहुन्थ्यो ।

आयोगमा अहिलेसम्म एक सय २५ दल दर्ता भएका छन् । १९ वटा दल दर्ताका प्रक्रियामा रहेको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया