शेयर बजारमा नेप्से र कारोबार दुवै घट्यो

 कात्तिक २४, २०८२ सोमबार १६:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज शेयर बजार सामान्य घटेको छ । हिजो ३० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ४.१५ अङ्कले घटेर २५६१.६१ विन्दुमा झरेको छ । समग्रमा नेप्से घटे पनि होटल तथा पर्यटन समूहमा भने एक सय एक अङ्कभन्दा धेरैले बढेको छ ।

आज उन्नती सहकार्य लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । समग्रमा बजार घटे पनि दरमखोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

यी तीनवटै कम्पनीको शेयर आईपीओमार्फत हालैमात्र बजारमा कारोबार शुरु भएको हो । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका ८६ लाख ४७ हजार कित्ता शेयर चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँमा किनबेच भएको छ । 

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया