झापा महिला गोल्डकपको उपाधि पुलिसलाई, एपीएफ १–० गोलले पराजित

 कात्तिक २४, २०८२ सोमबार १७:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले एपीएफलाई १–० गोलले हराएको हो ।

खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोलनै निर्णायक बन्यो । नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफले पाँच लाख रुपैयाँ पाएको छ । 

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया