नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
मंसिर २८, २०८२ आइतबार
काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको एक सडक स्तरोन्नति ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरूबाट गैरकानूनी लाभ र हानिनोक्सानी पुर्याएको भन्दै ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो कायम गरी विशेष अदालत, काठमाण्डाैमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकाहरूमा त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्ण बहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, एमआईएस अपरेटर हरिचन्द्र बिष्ट र बोलपत्र मूल्याङ्कन समितिका सदस्य इन्जिनियर शिशिर कुमार गुरुङ रहेका छन् । ठेक्का पाउने दिव्या निर्माण सेवा प्रा.लि., डोल्पा र त्यसका प्रोप्राइटर भीमराज न्यौपानेलाई पनि मतियारको रूपमा प्रतिवादी बनाइएको छ ।
अख्तियारका अनुसार, सबैभन्दा न्यूनतम रकम २४ लाख ७३ हजार छ सय १५ रुपैयाँ कबोल गर्ने कृष्ण निर्माण सेवालाई अनुत्तीर्ण गराई सबैभन्दा बढी रकम ८० लाख ६२ हजार छ सय ७८ रुपैयाँ कबोल गर्ने दिव्या निर्माण सेवालाई ठेक्का दिइएकाे पाइएको अख्तियारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।