इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डौ – मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन गरेको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर आज रिट दायर गर्नुभएको हो ।
सर्वोच्च अदालतले रिट दर्ता गरेर रिटमाथि छलफलको लागि भोलिको तारिख तोकेको छ । रिट निवेदकहरुले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको लागि आह्वान हुनुपर्ने माग गरेका छन् ।
अस्ति शनिवार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनारले राजीनामा दिनुभएको थियो । सोनारको राजिनामापछि रिक्त रहेको मुख्यमन्त्री पदमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रूपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रदेश प्रमुख भण्डारीले यादवलाई आज बिहान ४ बजे बर्दिबासको एक होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । कांग्रेस, माओवादीसहितका सात दलले मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा जाने निर्णय गर्दै ७४ जना सांसदको हस्ताक्षर संकलन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।