मेलम्चीको पानी काठमाण्डौ पठाउने काममा भएको अवरोध अझै खुलेन

 कात्तिक २४, २०८२ सोमबार १८:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मेलम्चीको पानी काठमाण्डौमा पठाउने काममा पाँच दिनदेखिको अवरोध आज पनि खुल्न सकेन । स्थानीय बासिन्दाले गएको बिहिवार मेलम्चीको पथान्तरण गरिएको क्षेत्र अम्बाथानको सुरुङमा एक्स्काभेटर प्रयोग गरीे पानी खोलातिर फर्काएका थिए । त्यसयता काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी नआएको हो ।

मुहान खुलाउन आज पनि मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समिति र खानेपानी मन्त्रालयबीच वार्ता भएको थियो । तर स्थानीय बासिन्दाले मेलम्चीको पानी उपभोग गरेबापत् स्थानीय हेलम्बु गाउँपालिकालाई २५ प्रतिशत लाभांश दिने लगायत यस अघि भएका सहमति कार्यान्वयन गरेपछि मात्रै पानी छाड्ने अडान लिएका छन् ।  

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया