मौसमसम्बन्धी प्रकोपले एक दशकमा झन्डै २५ करोड मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घीय निकाय

 कात्तिक २४, २०८२ सोमबार १८:२८:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर)ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिसहरु विस्थापित भएको पुष्टि गरेको छ । ब्राजिलमा ३०औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन अर्थात् कोप–३० हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा यूएनएचसीआरले वितेको एक दशकमा मौसमसम्बन्धी प्रकोपहरूले झन्डै २५ करोड आन्तरिक विस्थापनहरू निम्त्याएको जनाएको छ ।

दक्षिण सुडान र ब्राजिलमा बाढी, केन्या र पाकिस्तानमा रेकर्ड तोड्ने तापक्रम तथा चाड र इथियोपियामा पानीको अभावलाई उद्धृत गर्दै द्वन्द्वबाट विस्थापित तीन चौथाई मानिसहरू मुख्यतः जलवायु परिवर्तनको प्रभावको जोखिममा रहेको भनिएको छ । प्रतिवेदनले जलवायु परिवर्तनले विस्थापित समुदायहरू र द्वन्द्व प्रभावितहरूलाई तुलनात्मक रूपमा धेरै समस्या सामना गर्नुपर्ने जटिलता बढाइ दिएको जनाएको छ ।

ब्राजिलको अमेजन वर्षावनमा रहेको बेलेम शहरमा हुने दुई हप्ताको वार्ताका लागि एक सय ९० भन्दा बढी देशका झन्डै ५० हजार सहभागीहरू भेला भइरहेका छन् । उनीहरूले जलवायु सङ्कट र यसका विनाशकारी प्रभावहरूलाई कसरी नियन्त्रण गर्ने भन्ने बारे छलफल गर्नेछन् ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया