इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डाै – बलिउड अभिनेता धर्मेन्द्र देओलको मुम्बईमा रहेको ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ ।
८९ वर्षीय धर्मेन्द्रको आज बिहान निधन भएको दाबीसहित बिहान भारतीय सञ्चारमाध्यममा खबर सार्वजनिक भएको थियो । तर छोरी ईशा देओलले आफ्नो बुबाको स्वास्थ्यबारे बोल्दै अफवाह फैलिएको उल्लेख गर्नुभएको छ । उहाँले स्वास्थ्य स्थिर रहेको जानकारी दिनुभएको छ ।
त्यस्तै धर्मेन्द्र पत्नी हेमा मालिनीले पनि डाक्टरको निगरानीमा उपचार भइरहेको बताउनुभएको छ । त्यसअघि बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहले समेत धर्मेन्द्रको निधन भएको र परिवारमा समवेदना व्यक्त गर्नुभएको थियो । तर उहाँले पनि आफ्नो ट्वीट हटाउनुभएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि धर्मेन्द्रलाई हिजो अस्पतालमा भर्ना गरिएको हो ।
*यसअघि भारतीय सञ्चारमाध्यममा आएका समाचारका आधारमा धर्मेन्द्रको निधन भएको खबर हामीले सच्याएका छौँ –सम्पादक ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।