सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
अमेरिकी सिनेटले महत्त्वपूर्ण कोष विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै केही दिनमै इतिहासको सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने अपेक्षा रहेको बीबीसीले जनाएको छ ।
हिजो अबेर ६०–४० मतले विधेयक पारित भयो । यो सम्झौताले आउँदो जनवरीको अन्त्यसम्म सरकारलाई कोष प्रदान गर्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नु अघि अब प्रतिनिधि सभाले विधेयक पारित गर्नुपर्नेछ ।
केही डेमोक्रयाटहरू रिपब्लिकनसँग सामेल भएपछि र सङ्घीय कर्मचारीलाई काममा फिर्ता ल्याउन र आवश्यक सेवाहरू पुनः शुरु गर्न सम्झौतामा वार्ता गरेपछि यो सम्झौता सफल भएको खबरमा उल्लेख छ । गएको सेप्टेम्बर ३० तारिखमा आर्थिक वर्ष समाप्त भए पनि चालू आर्थिक वर्षका लागि नयाँ बजेटमा सहमति जुट्न नसक्दा अक्टोबर १ देखि अमेरिकामा ‘सटडाउन’ शुरु भएको थियो ।
रिपब्लिकन र डेमोक्रेट्सबीच बजेटका प्राथमिकता र स्वास्थ्य प्रावधानलाई लिएर मत–मतान्तर रहेको थियो । तर मतदानपछि ४१ दिनदेखिएको ‘सटडाउन’ अन्त्यको दिशातर्फ गएको छ । ‘सटडाउन’ हुँदा सङ्घीय सरकारका सबै कामकाज प्रभावित भएका छन् । हवाई यात्रामा समेत अवरोध आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।