दक्षिण कोरियाका फुटबलरलाई ब्ल्याकमेल गर्ने महिलालाई चार वर्षको...
मंसिर २२, २०८२ सोमबार
अस्ट्रेलियाली वैज्ञानिकहरूले साना सिङ भएको रैथानी मौरीको एउटा नयाँ प्रजाति पत्ता लगाएका छन् । टाउकोमा दैत्यका जस्ता दुइटा साना सिङ भएकाले वैज्ञानिकहरूले मौरीको नाम ‘लुसिफर’ राखेका बीबीसीले जनाएको छ ।
पर्थबाट ४ सय ७० किलोमिटर पूर्वमा रहेको पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड क्षेत्रको ब्रमर रेन्जमा एउटा दुर्लभ जङ्गली फूलबारे अध्ययन गरिरहँदा खोजकर्ताहरूले ‘मेगाकाइल लुसिफर’ नामक मौरी फेला पारेका हुन् ।
‘मेगाकाइल लुसिफर’ मा भेटिएको अत्यन्तै विशिष्ट प्रकारको सिङ पोथी मौरीमा मात्रै पाइने खबरमा उल्लेख छ । पोथी मौरीले ती सिङ सम्भवतः परागकरण र रस सङ्कलन गर्न अथवा गुँड बनाउनका लागि चाहिने चिपचिपे पदार्थ जम्मा गर्न प्रयोग गर्ने वैज्ञानिकहरूले बताएका छन् ।
अध्ययनको नेतृत्व गरिरहनुभएकी कर्टिन विश्वविद्यालयकी वैज्ञानिक डाक्टर किट प्रेन्डरगास्टले आफूले नेटफ्लिक्समा ‘लुसिफर’ नामको सिरिज हेरिरहँदा नयाँ प्रजातिको मौरीको नाम ‘लुसिफर’ राख्न प्रेरित भएको बताउनुभयो । उहाँका अनुसार यो मौरी यस परिवारमा २० वर्षयता फेला परेको नयाँ प्रजाति हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।