शेयर बजार सामान्य बढ्याे, काराेबार रकम घट्याे

 कात्तिक २५, २०८२ मंगलबार १५:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ६५ दशमलव १६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय ४२ वटा कम्पनीको शेयर बढेकोमा १ सय २ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज साइन रेसुङ्गा डिबेन्चर, बन्दीपुर केवलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलेरी, बुङ्गल हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन नेपाल एसबीआई बैंकको डिबेन्चर ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ सय २७ वटा कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया