पाकिस्तानमा अदालत बाहिर विस्फोट, कम्तीमा १२ जनाको ज्यान गयो

 कात्तिक २५, २०८२ मंगलबार १८:०:१२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

पाकिस्तानको राजधानी इस्लामाबादको अदालत बाहिर विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ ।

इस्लामाबादको जिल्ला अदालत बाहिर आज दिउँसो भएको आत्मघाती विस्फोटमा परी अन्य २७ जना घाइते भएका गृहमन्त्री मोहसिन नकवीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार आक्रमणकारीहरू न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसके पछि अन्ततः अदालत परिसर बाहिर प्रहरीको गाडीमा आक्रमण गरेका खबरमा उल्लेख छ ।

जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले त्यस क्षेत्रमा खोजी अभियान शुरू गरेको जनाएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । यद्यपि सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित सङ्गठन तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमण गरेको जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया