वेस्ट इन्डिज र अफगानिस्तानले आउँदो वर्ष तीन खेलको टी–२० शृङ्खला खेल्ने

 कात्तिक २५, २०८२ मंगलबार १८:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

गेटी इमेजेज

काठमाण्डाै – वेस्ट इन्डिज र अफगानिस्तानले आउँदो वर्षको जनवरीमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएका छन् ।

टी–२० विश्वकपअघि वेस्ट इन्डिज र अफगानिस्तानले यूएईको शारजाहमा तीन खेलको शृङ्खला खेल्ने भएका हुन् । टी–२० शृङ्खलाका ३ वटै खेल जनवरी १९, २१ र २२ मा शारहाजमा हुनेछ ।

वेस्ट इन्डिजले अहिले न्युजिल्यान्डमा ५ खेलको टी–२० शृङ्खला खेलिरहेको छ, यो शृङ्खलामा वेस्ट इन्डिज २–१ ले पछि छ । यस्तै अफगानिस्तानले पछिल्लो पटक जिम्बावेसँगको टी–२० शृङ्खला ३–० ले जितेको थियो ।

आईसीसी टी–२० वरीयतामा वेस्ट इन्डिज छैटौं र अफगानिस्तान दशौं स्थानमा छ । टी–२० क्रिकेटमा यी दुई टाेलीबीच अहिलेसम्म आठ पटक भेट भएकाेमा वेस्ट इन्डिज ५ र अफगानिस्तान ३ खेलमा विजयी भएकाे छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया