दिल्लीमा भएको विस्फोटका दोषीहरूलाई नछोड्ने मोदीको चेतावनी

 कात्तिक २५, २०८२ मंगलबार १८:२८:१२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएराति दिल्लीको लालकिल्ला नजिक भएको कार विस्फोटका दोषीहरूलाई नछोडिने चेतावनी दिनुभएको छ ।

दुई दिने भ्रमणका क्रममा भूटान पुग्नुभएका प्रधानमन्त्री मोदीले घटनाका जिम्मेवार सबैले कडा सजाय भोग्ने बताउनुभएको बीबीसीले जनाएको छ । थिम्पुमा मोदीले भारतीय अनुसन्धान एजेन्सीहरू यस मामिलाको तल्लो तहसम्म पुग्ने उल्लेख गर्नुभयो ।

यस्तै ‘दिल्ली रक्षा संवाद’ का क्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि लालकिल्ला मेट्रो स्टेशन नजिक भएको घटनामा देशका प्रमुख एजेन्सीहरूले अनुसन्धान गरिरहेका र जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याइने आश्वासन दिनुभएको छ । अनुसन्धानको नतिजा चाँडै सार्वजनिक गरिने उहाँको भनाइ छ ।

यद्यपि लालकिल्ला नजिक आठ जनाको ज्यान जाने गरी भएको घटना कसरी भयो र कसले गरायो भन्ने विषयमा अहिलेसम्म सरकार वा त्यसका निकायबाट आधिकारिक टिप्पणी आइसकेको छैन ।

विस्फोटको घटनाको सबै कोणबाट छानबिन शुरू गरेको अधिकारीहरूले बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहले घटनाबारे पत्ता लगाउन सबै सम्भावनाबारे अनुसन्धान थालिएको बताउनुभएको छ ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्वव भएको लालकिल्लामा दैनिक हजारौं आन्तरिक र विदेशी पर्यटकहरू पुग्ने गर्दछन् । विस्फोटको घटनापछि त्यो ठाउँ तीन दिनका लागि बन्द गरिएको भारतीय पुरातत्त्व विभागले जनाएको छ ।

सोमवार रातिदेखि नै दिल्ली र नजिकका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । भारतको आर्थिक राजधानीका रूपमा चिनिने मुम्बईमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया