मतदाता नामावली दर्ता गर्न सहजीकरणका लागि आयाेगसँग प्रधानमन्त्रीकाे आग्रह

 कात्तिक २५, २०८२ मंगलबार १८:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – मतदाता नामावली सङ्कलनमा चाप बढेको र अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको गुनासोपछि प्रधानमन्त्री सुशीला कार्कीले सहजीकरणका लागि निर्वाचन आयोगसँग आग्रह गर्नुभएको छ ।

सेवाग्राहीले लामो समय कुर्नुपरेको, प्रि–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको, नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको लगायत गुनासो बढेपछि प्रधानमन्त्री कार्कीले समस्याको पहिचान गरी समाधान गर्न आयोगसँग आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा मतदान गर्ने नयाँ मतदाताले यही कात्तिक ३० गतेभित्र नामावली दर्ता गराइसक्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री कार्कीले कात्तिक ३० गतेभित्र नामावली सङ्कलन कार्य नसकिएमा मिति थप गर्नसमेत भन्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्ता प्रक्रियालाई आवश्यक सहजीकरण गरिदिन गृह मन्त्रालयलाई निर्देशन पनि दिनुभएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनका लागि तोकेको समयसीमा नजिकिँदै गर्दा मतदाता नामावलीका लागि नाम दर्ता गराउने, फोटो खिचाउनेहरूको चाप बढेको छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया