४ महिना भित्र ‘ए’ डिभिजन लिग गर्न एन्फाको प्रस्ताव

 कात्तिक २६, २०८२ बुधबार ६:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अवको ४ महिना अर्थात १ सय २० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न प्रस्ताव गरेको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, क्लब र खेलाडीसँग हिजो भएको छलफलमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले क्लब र नेपाल खेलाडी संघसँग यस्तो प्रस्ताव गरेका हुन् ।

मन्त्री गुप्ताले एन्फा अभिभावकीय संघ भएकाले मिति तोक्नुपर्ने बताउनुभएको थियो । गएको बिहीवार खेलाडीहरु ‘ए’ डिभिजन लिग गराउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका थिए । नेपालमा शहीद स्मारक ‘ए’ डिभिजन लिग नभएको आठ सय ८७ दिन पुगेको छ ।

एन्फा र क्लबहरुबीच शहीद स्मारक ‘ए’ डिभिजन लिग नगरी राष्ट्रिय लिग गर्ने सहमति गरेसँगै खेलाडीहरुले आन्दोलन थालेका थिए ।
 

अन्तिम अपडेट: मंसिर २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया