सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डौ – आज विश्व निमोनियाविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । निमोनियाबारे चेतना फैलाउने कार्यक्रम र गतिविधिका साथै बालबालिकाको मृत्युदर घटाउने तथा निमोनिया रोकथाम एवम् सशक्त स्वास्थ्य प्रणालीमा जोड दिएर दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसको अवसरमा नेपाल सरकारले रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ । ‘बालबालिका बचाऔँ, सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवम् स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
निमोनिया बालबालिकाको ज्यान जाने प्रमुख कारणमध्ये एक हो । निमोनिया विशेषगरी फोक्सोसँग सम्बन्धित समस्या हो । डाक्टरका अनुसार भर्खर जन्मिएकादेखि दुई वर्षसम्मका शिशु, ६५ वर्ष वा त्योभन्दा बढी उमेर समूहका मानिस, कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिलगायतलाई यसको जोखिम उच्च हुन्छ ।
सरकारले निमोनिया नियन्त्रण तथा रोकथामका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम नागरिकलाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।