बिहारको विधानसभा चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजाउ शुरू

 कात्तिक २६, २०८२ बुधबार ९:२१:१२ | रासस
unn.prixa.net

फाइल तस्विर

महोत्तरी – भारतको बिहार राज्यमा विधानसभा चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजाउ शुरू भएको छ । गएको शनिवार रातिदेखि बन्द गरिएका सीमा नाका गएरातिदेखि खुलेका हुन् ।

मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहटलगायत भारतसँग जोडिएका पूर्वी सिमानाका बन्द गरिएको थियो । महोत्तरीको सीमावर्ती क्षेत्रसहित बन्द पूर्वका नाका खुलेसँगै आवतजावत र चहलपहल बढेको छ ।

हिजो बिहारमा मतदान सम्पन्न भएसँगै आवागमन खुलेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया