सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
अफगानिस्तानको हेरात शहरमा तालिबान प्रशासनले महिलालाई अस्पताल प्रवेश गर्न बुर्का लगाउन अनिवार्य गरेको छ । गएको हप्तादेखि लागू भएको यो नियमका कारण तत्काल उपचार आवश्यक परेका महिलासमेत अस्पताल जानबाट रोकिएका निःशुल्क चिकित्सकीय सहायता प्रदान गर्ने अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था एमएफएसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
जसले गर्दा बिरामी भर्ना हुने संख्यामा २८ प्रतिशतले कमी आएको छ । तालिबानका प्रवक्ताले भने महिलालाई बुर्का लगाउन बाध्य नपारेको दाबी गर्दै हिजाब मात्र पालना गर्न भनिएको बताएका छन् । यसैबीच, स्थानीय महिलाहरूले विद्यालय र सरकारी कार्यालयमा पनि बुर्का अनिवार्य गरिएको आरोप लगाएका छन् । केही महिलाले यसको विरोध गर्दै बुर्का जलाएको भिडियो सामाजिक सञ्जालमा आएका छन् ।
सन २०२१ मा सत्तामा फर्किएपछि तालिबानले महिलामाथि शिक्षादेखि रोजगारीसम्म कडा प्रतिबन्ध लगाउँदै आएको छ । संयुक्त राष्ट्रसंघले यस अवस्थालाई लैङ्गिक विभेदको चरम रुप भनेर प्रतिक्रिया दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।