बङ्गलादेशको ढाकामा ११ ठाउँमा बम विस्फोट

 कात्तिक २६, २०८२ बुधबार १२:३५:१० | एजेन्सी
unn.prixa.net

एजेन्सी

भारत र पाकिस्तानपछि बङ्गलादेशको राजधानी ढाकामा शृङ्खलाबद्ध बम विस्फोटको घटना भएको छ । ढाकाका सार्वजनिक यातायात, धार्मिकस्थल तथा सरकारी कार्यालयलाई लक्षित गरी विस्फोट र आगजनीका घटना भएका सुरक्षा निकायलाई उद्धृत गरी त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

ढाका प्रहरीले ११ ठाउँमा विस्फोटका घटना भएको जनाएको छ । शृङ्खलाबद्ध आक्रमणले ढाकाको जनजीवन पनि त्रसित बनेको छ । हिजो बेलुकादेखि रातिसम्म ढाकाका विभिन्न ठाउँमा विस्फोट भएका थिए । घटनापछि ढाका महानगर प्रहरीले प्रमुख सरकारी निकाय वरिपरि सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ ।

नोभेम्बर १३ तारिख अर्थात् भोलि पूर्व प्रधानमन्त्री शेख हासीनाविरुद्धको मुद्दाको फैसला मिति तय छ । घटनापछि ढाकाको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । प्रहरी मुख्यालयले सबै थानाहरूलाई गस्ती र निगरानी बढाउन निर्देशन दिएको छ । 


 

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया